साझट्युब : २ जेठ, ताप्लेजुङ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु बिजयी भएका हुन् । उनले २ हजार ६६० मतसहित अध्यक्षमा बिजयी भएका छन् ।
लिम्बुका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज लिम्बुले २ हजार ३१२ मत ल्याएका थिए । त्यसैगरी जसपाकी मञ्जिता लिम्बु १५० मत सहित तेस्रो स्थानमा रहेकी छन् ।
त्येस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका रविन साम्रा लिम्बु निर्वाचित बिजयी हुन् । उनले नेकपा एमालेकी शान्तिमाया लिम्बु (पौडेल)लाई १४६ मत अन्तरले पराजय गरेका थिए ।
कांग्रेसबाट रबिनले २ हजार मत ३५८ मत ल्याउदा एमालेकी शान्तिमायाले २ हजार २१२ मत पाएकी हुन् ।
तेस्रो रहेका जसपाका श्रीप्रसाद लिम्बुले ३४९ मत ल्याएका हुन् ।