साझट्युब :२ जेठ, काठमाडौं ।
स्थानीय तह निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी रहेका छ ।
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता यथावत छ । पछिल्लो मतगणन परिणाम अनुसार बालेन शाहले ५ हजार ४ सय ४६ मत ल्याएका छन् । यस्तै एमाले उम्मेदवार केशव स्थापितले २ हजार ९ सय ५२ मत पाउदा कांग्रेसकी सिर्जना सिंहले २ हजार ३ सय १५ मत पाएकी छन् ।
त्यसैगरी ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्छ । उनले ३१ सय ३७ मत ल्याउदा एमालेबाट हरिकृष्ण व्यञ्जनकारले एक हजार ३ सय २७ मत प्राप्त गरेका हुन् । त्यस्तै, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।
पछिल्लो मतगणन परिणाम अनुसार सुवेदीले ३ हजार ७५ मत ल्याऊदा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ४६ मत प्राप्त गरेकी छन् । त्यस्तै , विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता
लिएका छन् ।
हाल्समा उनले ४ हजार ३० मत ल्याउदा एमालेका सागर थापाले २८ सय ११ मत प्राप्त गरेका छन् । त्यस्तै , पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले २१ सय ९५ मत ल्याएका छन् ,भने एमालेका कृष्णबहादुर थापाले १९ सय ७० मत प्राप्त गरेका hun ।
वीरगन्ज महानगर पालिकामा गठबन्धनबाट उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ सय ३२ मत पाएका छन् । यस्तै एमालेका विजयकुमार सरावगीले १२ सय ८६ मत प्राप्त गरेका छन् ।