साझट्युब :२ जेठ, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् ।
अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३÷६७३ मत ल्याएका छन् । मत बराबर आएपछि गोलाप्रथाबाट नतिजा टुंगो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले नतिजा रोकिएको हो ।
दुबै उम्मेदवारले आधा–आधा कार्यकाल गर्नुपर्ने बताउँदै आएका छन् तर कानुनमा त्यस्तो व्यवस्था छैन तेसैले आयोग मै कुरा गर्ने भनिएको छ।