दार्चुलामा विजयी जुलुसमा सहभागी गराउन यात्रु लिन‍ जादा तीन जनाको घटनास्थलमै मृत्यु

330

साझट्युब :२ जेठ, कैलाली ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ६ ग्वानीमा माइक्रो बस(हायस) दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान ९:३० बजेतिर विजयी जुलुसमा सहभागी गराउन यात्रु लिन‍ जाँदै गरेको से. १ ज २७७ नम्बरको हायस दुर्घटना भएको हुदा तीन जनाको घटनास्थलमै मृत्यु छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले एमालेको विजयी जुलुसमा कार्यकर्ता लिन दार्चुलाको गोकुलेश्वरबाट ग्वानीतर्फ जाँदै गरेको हायस दुर्घटनामा परेको बताए ।

उनले दुर्घटनामा २२ वर्षका चालक प्रकाश धामी ,२२ बर्षकै सहचालक नवीन सिंह धामी र स्थानीय १९ बर्षका हरि सिंह धामीको घटनास्थलमै मृत्यु भएको बताए । हायस सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY