तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका थापा बिजयी

269

साझट्युब :२ जेठ, तनहुँ ।

तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका होमबहादुर थापा बिजयी भएका हुन् ।

थापाले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गंगाराम कुमाललाई ७७७ मतान्तरले पराजित गर्दै थापा बिजयी भएका छन् ।

 

थापाले चार हजार ३३१ मत पाएका छन् भने कुमालले तीन हजार ५५४ मत ल्याएका हुन् । यस्तै उपाध्यक्षमा नेकपा एमालेकै राधादेवी अधिकारी बिजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई १ हजार ७ सय ३४ मतान्तरले पराजित गरेर अधिकारी बिजयी भएकी छन् ।

अधिकारीले चार हजार ४८१ मत ल्याईन भने थापाले दुई हजार ७४७ मत ल्याएका हुन् ।

उक्त पालिकामा सत्तारुढ तीन दल नेपाली कांगे्रस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गरेको थियो ।

नेकपा एमालेले चार र कांग्रेसले एउटा वडामा वडाध्यक्ष बिजयी भएका हुन् । घिरिङ–५ कांग्रेसले बिजयी भएको छ भने १, २, ३, ४ एमालेले बिजयी भएको छ ।

 

 

LEAVE A REPLY