साझट्युब : ३ जेठ, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले बिजयी भएको छ ।
कांग्रेसका काजीबहादुर खड्का अध्यक्षमा र उपाध्यक्षमा उषादेवी कार्की बिजयी भएका हुन् ।
खड्काले ६ हजार ९३ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका खड्गबहादुर सुनुवारभने ४ हजार ७१० मत ल्याएका थिए ।
उपाध्यक्षमा कार्कीले ५ हजार २ सय ५३ मत प्राप्त गरेकी हुन । भने उनका प्रतिद्वन्द्वी एमालेकी राधिका श्रेष्ठले ४ हजार ६ सय ८६ मत ल्याएकी हुन्ग ।
गएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकुलगंगा गाउँपालिकामा एमालेदेखि खड्ग सुनुवार र राधिका श्रेष्ठ जितेका थिए ।