जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा माओवादी उपप्रमुखमा कांग्रेसले जिते

283

साझट्युब : ३ जेठ, जाजरकोट ।

जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत बिजयी भएका हुन् । रावतले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धर्मबहादुर शाहीसंग १ हजार ९७३ मतको अन्तरले जितेका छन् ।

नेकपा माओवादी केन्द्रका रावतले ५ हजार ५९९ मत ल्याएका थिए । भने नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६२६ मत पाएका थिए ।

त्येस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी सुरिता सिंहले ५ हजार ४०६ मत ल्याएर विजयी भएकी हुन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई २ हजार १३ मतले पराजित गरेकी हुन् । नेकपा एमालेकी बोहराले ३ हजार ३९३ मत पाएकी छन् ।

नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलेबिच चुनावी तालमेल भएका थिए ।

 

LEAVE A REPLY