काठमाडौंको मेयरमा बालेन्द्र साह दोब्बर मतले अग्रता

239

साझट्युब : ३ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार 0५८ मतको अग्रता बनाएका छन् ।

सुरुवातदेखि नै अग्रता लिइरहेका साहले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् ।

 

तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।

 

LEAVE A REPLY