एमाले कार्यकर्ताले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प

232

साझट्युब : ३ जेठ, सर्लाही ।

सर्लाहीको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिरहेका छन् ।

लालबन्दी नगरपालिका–८, मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् । आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान सम्पन्न हुँदा १ हजार ४२७ मत खसेको भनी मुचुल्का उठाइएको भएपनि मतगणना गर्दा १ हजार ४१८ वटा मतपत्र मात्रै भेटिएको छ ।

एमाले कार्यकर्ताले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् ।

हिजो नेकपा माओवादी केन्द्रका उम्मेदवार १६ मत ले जितेका थिए भने नेकपा एमालेका उम्मेदवार हारेका थिए ।

लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएराती नै लालबन्दी –८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको जनाएको छ । पाख्रिन ४६० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमालेका उम्मेदवार सुवास पाख्रिनले ४४४ मत ल्याएका छन् ।

LEAVE A REPLY