पर्सामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित

286

साझट्युब : ४ जेठ, पर्सा।

पर्सामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
पर्साको कालिकामाई गाउँपालिकामा राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार अध्यक्षमा निर्वाचित भएका हुन्। उनले आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेद्वारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् ।

बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने कांग्रेसका अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।

उपाध्यक्षमा भने नेपाली कांग्रसकी राजमति बरैनी निर्वाचित भएकी छन् । उनले ३ हजार ९६१ मत ल्याइन् । जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो भइन् ।

LEAVE A REPLY