सोलुखुम्बुका सबै पालिकाको मत गणना सम्पन्न नेपाली कांग्रेस अग्रस्थानमा

273

साझट्युब : ४ जेठ, सोलुखुम्बु ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नांगेल जाङबु शेर्पा निर्वाचित भएका छन् ।
उहाँले नेकपा एमालेका उम्मेदवार आङकाजि शेर्पालाइ ५७८ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि मेयर निर्वाचित हुनुभएको हो ।

शेर्पाले ४ हजार ८६८ मत प्राप्त गरे भने उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पाले ४ हजार २९० मत पाए । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार ङिमा तेण्डुप शेर्पाले १ हजार १८७ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार गान्धिमाया तामाङ विजयी हुनुभएको छ । कांग्रेस महाधिबेशन प्रतिनिधि तथा १ नम्बर प्रदेश समिति सदस्य समेत रहनुभएकी तामाङले ४ हजार ३८५ मत प्राप्त गर्नुभएको हो। उहाँको निकटतम प्रतिद्वन्दी एमालेकी मोहनकुमारी कार्कीले ४ हजार २७३ मत पाइन् । माओवादी केन्द्रकी शारदामाया तामाङले १ हजार ८९ मत प्राप्त गर्नु भयो ।

सोलुदूधकुण्ड नगरपालिकाको मत परिणामसँगै सोलुखुम्बुका सबै पालिकाको मत गणना सकिएको छ । जिल्लाका ११ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडामा काँग्रेस, ४ वडामा नेकपा एमाले र १ वडामा माओबादी केन्द्रका उम्मेदवारले वडा अध्यक्ष जितेका छन । सोलुदूधकुण्ड जिल्लाको एक मात्र नगरपालिका हो ।

LEAVE A REPLY