५५० पालिकाको अन्तिम नतिजा सार्वजनिक कुन पार्टीले जिते ?

247

साझट्युब : ५ जेठ, काठमाडौं ।

स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।आज बिहान सम्म ५५० पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।नतिजा अनुसार सबैभन्दा बढी नेपाली कांग्रेसले जितेको छ ।

कांग्रेसले हालसम्म झण्डै साढे दुई सय पालिकामा जित हात पारेको छ । हालसम्म कांग्रेसले २४६ पालिका प्रमुखमा जित हात पारेको छ । कांग्रेस अझै ७४ पालिकामा अग्र स्थानमा छ ।

उपप्रमखुमा पनि कांग्रेस पहिलो नै छ । कांग्रेसले हालसम्म २२७ पालिकामा उपप्रमुख जितेको छ भने ७१ पालिका उपप्रमुखमा अग्रता बनाएको छ ।
हालसम्म दोस्रो पार्टीका रूपमा एमाले रहेको छ । तर कांग्रेसको तुलनामा निकै पछि छ एमाले। हालसम्म एमालेले १५५ पालिका प्रमुख जितेको छ भने ४१ पालिकामा अग्रता बनाएको छ । एमालेले १६६ पालिकामा उपप्रमुख जितेको छ भने ६८ पालिकामा अग्रता बनाएको छ ।

तेस्रोमा रहेको माओवादी केन्द्रले हालसम्म १०४ पालिका प्रमुख जितेको छ भने १३ पालिकामा अगाडि छ । माओवादीले ११० पालिकामा उपप्रमुख जित्दा १६ पालिकामा अग्रता बनाएको छ ।

हालसम्मको परिणामअनुसार जसपा चौथो दलका रूपमा रहेको छ । १४ पालिका प्रमुख जितेको छ भने २० पालिकामा अग्रता बनाएको छ । १३ उपप्रमुख जितेको जसपा १४ पालिकामा अगाडि छ ।

नेकपा एकीकृत समाजवादीले हालसम्म १० पालिका जितेको छ भने १० पालिकामा अगाडि छ । १७ पालिकामा उपप्रमुख जितेको समाजवादी ३ पालिकामा अगाडि छ ।

लोसपाले एक पालिका प्रमुख जितेको छ भने ११ पालिकामा अगाडि छ ।

माथि उल्लेखित प्रमुख दलहरूभन्दा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले पनि धेरै पालिकामा जित हात पारेका छन् । हालसम्म १९ पालिकामा अन्य उम्मेदवार विजयी भएका छन् भने १३ पालिकामा अग्रता छ । उनीहरूले १२ पालिकामा उपप्रमुख जित्दा अझै ५ पालिकामा अग्रता बनाएका छन् ।

LEAVE A REPLY