अघिल्लो सरकारले गरेको बजेट कार्यान्वय भइरहेकोछ : अर्थमन्त्री शर्मा

194

साझट्युब : ५ जेठ,  काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले गतसरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको जनाएका छन् ।

अर्थमन्त्री शर्माले बिहीबार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को निम्ति विनियोजन विधेयकको सिद्धान्त अनि प्राथमिकता बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।

उनले सांसदहरुलद्वार अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफुले अघिल्लो सरकारले गरेको बजेट कार्यान्वय गरिरहेको भनेका छन् ।

मन्त्री शर्माले गएको सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नाउने भएपछि हटाएको बताएका छन् । उनले त्यो समया टेन्डर भएका सडकलाई चाही आफुले नरोकेको पनि बताएका हुन् ।

अघिल्लो सरकारद्वरा ल्याएका कार्यक्रम कार्यान्वयन भएन विषयमा शंका नगर्न भनि उनले बताए ।

उहाँले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार,सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिवी अन्त्य गर्न लाग्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र बनाउनको लागि उत्पादन र उत्पादत्व बढाउनु पर्ने आवश्यकता भएकाले आगामी वर्षको बजेटको प्राथमिता त्यता तिर रहेको बताउनुभयो ।

उनले राजनीतिक दलहरुले आर्थिक क्षेत्र अनि विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोचेर राष्ट्रिय संकल्प गर्नु पर्ने स्थिति आएको जनाएका छन् ।

त्येस्तै नेपालमा सबै कुराले अनकुलता भएकाले अनकुलतालाई सदुपयोग गरेर मुलुकको गरिवी अनि बेरोजगारीको समस्यालाइ छोटो समयमा निर्मुल गर्न सकिने बताएका छन् ।

उनले अगाडी भने स्रोत साधनले हामी धनी छौं त्यसको भरपुर प्रयोग गर्न कानुनी सहजता, संरचनागत पुनसंरचना गरेर जानु पर्ने हालको आवश्यकता भएको बताएका छन् । मन्त्रि शर्माले अब कुन क्षेत्रमा लगानीले कति प्रतिफल दिन्छ भन्ने बारेमा चासो बढाउनु पर्ने बेला आएको बताएका छन् ।

अर्थमन्त्री शर्माले इन्धनको मूल्य बढ्दा हरेक क्षेत्रमा असर पर्ने गरेको भन्दै यसतर्फ पनि आफ्नो ध्यान गएको जानकारी गराएका छन् । उनले पछिल्लो समय युक्रेन र रुसको युद्धको प्रत्येक्ष प्रभावका नेपालको अर्थतन्त्रमा परेको भनेका हुन् ।

 

LEAVE A REPLY