साझट्युब : ६ जेठ, काठमाडौं ।
दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरनारायण मानन्धर साथैं उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत बिजयी भएका हुन् ।
कांग्रेस उम्मेदवार ईश्वर नारायणले निकटतम प्रतिस्पर्धी एमालेका हरिवंश चौलागाईलाई १४०० बढी मतान्तरले पराजया गरेर मेयरमा बिजयी भएका छन् ।
मानन्धरले ८ हजार ७२३ मत प्राप्त गर्दा एमालेका चौलागाईले ७३०१ मत मात्र ल्याएका छन् ।
यस्तै नगरको उपमेयरमा गठबन्धनको तर्फदेखि एकीकृत समाजवादीकी उम्मेदवार संगीता तामाङलाई ३०० बढी मतले पराजित गरेर एमालेकी कमला बस्नेत बिजयी भएका हुन् । कमलाले ७२६४ मत पाउदा समाजवादीकी संगीता तामाङले ६ हजार ९२१ मत मात्र प्राप्त गरेकी हुन् ।
गएको २०७४ सालमा कोल्हबी नगरको मेयरमा भरत बहादुर भण्डारी र उपमेयरमा सुइना थरुनी बिजयी रहेका थिए।