ई–पासपोर्टबाट सरकारलाई २ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन

238

साझट्युब : ८ जेठ, काठमाडौं ।

राहदानी विभागले गत वर्ष मंसीर १ बाट ई–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्न थालेको थियो हाल सम्म २ लाख ७४ हजार सात सय चार थान वितरण भएको छ । ई–पासपोर्टबाट सरकारलाई २ अर्ब ६७ करोड ९५ लाख ६ हजार दुई सय ३१ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, अहिले ६९ जिल्ला प्रशासन कार्यालय, १५ ईलाका प्रशासन कार्यालय र २६ कूटनीतिक नियोगहरूबाट ई–पासपोर्ट जारी भैरहेको छ । बाँकी जिल्ला प्रशासन कार्यालय र नियोगहरूमा तदारुकताका साथ उपकरण जडान गरी सेवा प्रवाह शुरु गर्ने तयारी भैरहेको छ। जिल्ला र ईलाका प्रशासन कार्यालयहरूबाट दिइने सेवा विस्तार भएसँगै राहदानी विभागमा आउने आवेदकहरूको संख्यामा क्रमिक रूपमा कमी आई सेवा प्रवाह सहज हुँदै गएको छ ।

यद्यपि थाती रहेका आवेदनका कारण विभागमा सेवा प्रवाहको चाप भने कायमै रहेको जनाईएको छ। सेवाग्राहीलाई सहज बनाउन राजस्व अनलाइनबाटै बुझाउन सकिने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताए ।

विभागले गत वर्ष मंसीर १ मा पहिलो राहदानी शताब्दी पुरुष सत्यमोहन जोशीलाई हस्तान्तरण गरी औपचारिक रूपमा ई–पासपोर्ट वितरण शुरु गरेको थियो ।

LEAVE A REPLY