ओखलढुंगामा १७ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला

170

साझट्युब : ८ जेठ, ओखलढुंगा ।

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–५, ढिमिलेमा १७ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन् ।

आइतबार बिहान उनलाई सडक किनारमा अर्धचेत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रमुख डीएसपी सुकदेव खनालले जनाए ।

गएराति आमाबुबासँगै घरमा सुतेकी उनी राति घरबाट निस्किएकी थिइन् । बिहान ५ बजेतिर उनलाई अर्धचेत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको टाउको, नाक र चिउँडोमा चोट देखिएको छ। पीडितलाई हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ ।

प्रहरी र चिकित्सकहरुले प्रारम्भिक जाँचबुझमा उनीमाथि जबरजस्ती करणी भएको हुनसक्ने आशंका गरेका छन् । तर पूर्णविवरण आइनसकेकाले यकिन भइनसकेको डीएसपी खनालले बताए ।

प्रहरीका अनुसार पीडित बोल्न सक्ने अवस्थामा छैनन् । कक्षा ११ मा पढ्ने उनले सामान्य इसारा गरेर ‘केही शंकेत’ गरेको प्रहरी बताएको छ । त्यसलाई आधार बनाएर प्रहरीले हालै एकजना शंकित व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY