चट्याङले लियो दुइ जनाको ज्यान

230

साझट्युब :९ जेठ, काठमाडौं ।

चट्याङ लागेर उदयपुर र बागलुङमा दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । येस्तै आइतबार दिउँसो बागलुङको ढोटपाटन नगरपालिका–७ गाल्ढुङ बस्ने १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर मृत्यु भएको छ ।

सोही ठाउँमा चट्याङ पर्दा बालचन्द्र विक लगायत ४ जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य घाइतेलाई थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ ।

LEAVE A REPLY