साझट्युब :९ जेठ, हेटौंडा।
सोमबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी छन् ।
पदभार ग्रहण गर्दै उनले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको स्वास्थ्य बीमासहितका पाँचवटा निर्णय गरेकी छन् ।उक्त घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने उनले निर्णय समेत गरेकी छिन् ।
त्यसैगरी, शिक्षा हासिल गर्न आर्थिक अवस्था कमजोर भएको विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रबृत्ति कार्यक्रम संचालन गर्ने पनि निर्णय गरेकी छिन् भने सडक विस्तारका क्रममा सडकको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने निर्णय पनि गरेकी छन् ।
उनले महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियान सञ्चालन गर्दै पीडित र प्रभावित महिला तथा बालबालिकालाई अल्पकालिन आश्रयस्थलमार्फत प्रभावकारी रुपमा पुर्नस्थापना कार्यहरु संचालन गर्ने निर्णय समेत भएको हेटौंडा उपमहानगरपालिकाको कार्यालय जनाएको छ ।