वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह

245

साझट्युब :१० जेठ, वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम बिजयी रहेका छन् ।

एमालेका उम्मेदवार विजय कुमार सरावगीले भन्दा २२ हजार ५५५ मत बढी पाएर राजेशमान मेयरमा बिजयी भएका छन् । ३२ वटै वडाका मतगणना सकिंदासम्म राजेशमानले ४६ हजार २१५ मत ल्याउदा सरावगीले २३ हजार ६७१ मतमात्रै प्राप्त गरेका थिए ।

 

वीरगञ्जमा कुल एक लाख २४ हजार ६४७ मतदाता भएकोमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मतमात्रै मतदाताले मत खसालेको थियो ।

गत पटक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालदेखि मेयरमा उमेद्वार दिएका राजेशमान सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमदेखि मेयरमा उठेका विजयले १९, ३९३ मत पाउदा राजेशमान १२, १६५ मत पाएर तेस्रो भएका थिए ।

यसपटक भने दुवैजनाले दल बदलेर चुनावी मैदानमा आएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा गएका हुन् भने विजय जसपा त्यागेर एमालेबाट उम्मेदवार उठेका हुन् ।

राजेशमान एमालेमा प्रवेश गर्ने लगभग निश्चित भइसकेको थियो तर एमालले विजयलाई पार्टी प्रवेश गराएको हुँदा उनी जसपामा प्रवेश गरे । त्यस्तै विजय कांग्रेसमा जान चाहेरपनि वास्था नगरेकोले एमालेमा गएर मेयरमा उठेका हुन् ।

यसैगरी उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत ल्याएका हुन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९५६८ मतमात्रै प्राप्त गरेका हुन् । राप्रपाकी चिना जैसवालले ५९८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३९०९ मत प्राप्त गरेका हुन् ।

वीरगञ्जमा ३२ वटा वडा रहेका छन् । १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, त्यस्तै ८ मा एमाले र २ लोसपाको बिजयी भएको छ ।

यस्तै वडा नं १ मा जसपाका मनोज राउत कुर्मी, त्यस्तै २ मा कांग्रेसका रियाज मिया तेली,भने ३ मा जसपाका बैजुलाल स्वर्णकार, त्यसैगरी ४ मा कांग्रेस जगत साह कानु, ५ मा एमाले प्रदीप चौरसिया, ६ मा लोसपामा जयप्रकाश अग्रवाल, ७ मा कांग्रेसका हिराकाजी महर्जन, ८ मा कांग्रेसकै रितेश गुप्ता, ९ मा जवहारप्रसाद गुप्ता र १० मा जसपाका सुशीलकुमार गुप्ता निर्बाचित भएका छन् ।

यस्तै, ११ मा जसपाका अजय चौरसिया, १२ मा एमालेका सुरेश गुप्ता कानु, १३ मा एमालेकै हारा गिरी, १४ मा जसपाका महबुब एलाही, १५ मा जसपाकै रमेश यादव, १६ मा परशुराम चौरसिया, १७ मा एमालेका सञ्जिव क्षेत्री, १८ मा जसपाका उमाशंकर तिवारी, १९ मा कांग्रेसका मुकेशकुमार चौरसिया विजयी भए ।

वडानम्बर २० मा एमाले राम किशोर सिंह, वडानम्बर २१ लोसपाका राधाकृष्ण रौनियार, वडानम्बर २२ कांग्रेसका द्वारिका महतो,वडानम्बर २३ एमालेको अवध किशोर कुशवाहा, वडानम्बर २४ मा एमालेकै विजयप्रसाद कुर्मी,वडानम्बर २५ मा जसपाका आशुतोष चतुर्वेदी,वडानम्बर २६ मा कांग्रेसका शम्भुप्रसाद गुप्ता,वडानम्बर २७ मा कांग्रेकै हृदय नारायण पटेल,वडानम्बर २८ मा सर्युग महतो,वडानम्बर २९ मा जसपाका धर्मेन्द्र महतो,वडानम्बर ३० मा जसपाकै मनोजकुमार यादव,वडानम्बर ३१ मा एमालेका जितेन्द्र यादव र वडानम्बर३२ मा जसपाका रियाज मिँया ठकुराई विजयी भएका छन् ।

LEAVE A REPLY