सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि

247

साझट्युब : ११ जेठ,काठमाडौं ।

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको हो।

यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो तेस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा तीन प्रतिशत भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १५३ रहेकामा हाल रु १६३ कायम भएको छ ।

LEAVE A REPLY