मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनु सर्वोच्चको आदेश ,प्रभावमा परेर गरेको निर्णय भएको आरोप

149

साझट्युब : १३ जेठ, काठमाडौं ।

शुक्रबार नयाँ शहर युटिलिटी करिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बोल्दै निजगढ विमानस्थल नबनाउनु भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् ।उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो भन्दै प्रश्न पनि गरिन् ।

मन्त्री झाँक्रीले भनिन्, अदालतले निजगढ नबनाउ भन्यो । अदालतले निजगढ एयरपोर्ट नबनाउ भन्दै गर्दा कुन कुरालाई समातेर निर्णय भएको छ भन्ने कुरा हेरौँ । ८ हजार कि कति हेक्टरमा रुख फाँड्ने कुरालाई भनेको छ भने त्यसको विकल्प दिन सकिन्छ । त्यहाँ अव्यवस्थित ढंगले जग्गा अतिक्रमण गरेर बसेकाको अधिकारलाई टेकेर त्यो कुरा गरेको हो भने त्यसको अर्को उपचार गर्न सकिन्छ । यदि त्यहाँ एयरपोर्ट चल्दैन भन्छ भने त्यसको बारेमा अर्को उपचार गर्न सकिन्छ । तर न्यायलय पनि आज प्रश्नभन्दा बाहिर छैन नि ।

झाँक्रीले थपिन् ‘ प्रत्येक न्यायाधीशहरु यदि प्रधानन्यायाधीश हुने लाइनमा छन् भने पार्लियामेन्टमा आएर फेस गर्नुपर्छ । त्यो भनेको पब्लिकलाई फेस गर्नु हो । हाम्रो संविधानमा भएको धेरै राम्रो व्यवस्था हो यो । यो पहिलोपटक भयो अन्तरिम संविधान निर्माण यता । त्यसैले श्रीमानहरूले गरेको निर्णय सम्मानित अदालतको आदेश सरकारले मान्छ तर तपाईहरुले कुन कुरा, कुन प्रिन्सिपललाई टेकेर निर्णय गर्नुभयो ? सरकारको भेष्टेट इन्ट्रेस बुटामात्रै काट्ने छ भने अदालतले गरेको निर्णय ठिक हो । नेपालमा अर्को ठाउँमा शहर विकास गर्ने, अर्को अन्तर्राष्ट्रिय एयरपोर्ट बनाएर ट्रान्जिट गर्न सहज बनाउने हो भने श्रीमानहरू यो निर्णय गर्दा कतैबाट प्रभावित पो हुनुभयो कि ? निवेदकहरू कतैबाट प्रभावित भएर यो काम गरिराख्नुभएको छ कि ? हामीले यहाँबाट हेर्नुपर्छ ।’

मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुन नसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताउदै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि टिप्पणी गरिन्। उनले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको जनाइन् । उनले कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै आफू बोलरै आएको हुनाले साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्ने भन्दै व्यंग्य गरिन् ।

मन्त्री झाँक्रीले भनिन्, ‘हाम्रो पूर्व प्रधानमन्त्रीले भ्यूटावर समृद्धिका द्योतक हुन् भन्नुभयो । हुन्, त्यसमा हामीलाई कुनै सन्देह छैन । तर एउटा टावर मात्रै समृद्धिको द्योतक हो कि, त्यस वरपरको प्लानिङ, त्यो अनुसारको इकोनोमी ग्रोथ, त्यो अनुसारको इन्फ्रास्ट्रक्चर, त्यो अनुसारको साइडमा त्यसलाई सस्टेन हुने अरु पूर्वाधार । एक ठाउँमा साढे ३ अर्बको टावर ठड्याएर समृद्धि आउँछ त ? कमर्सियल हिसावले भन्ने हो भनेपनि त्यो टावर सस्टेन गर्नका लागि त्यसमा अरु चाहिन्छ कि चाहिँदैन । मान्छे जानुपर्छ, रमिता हेर्न, मान्छे जाने पूर्वाधार, कति चाहिन्छ, त्यसको कोरिलेशन हुँदैन र ? गफै दिएर हुन्छ अहिलेसम्म । गफकै कुरा गर्ने हो भने साढे तीन घण्टा बोल्न त मलाई पनि आउँछ । बोलेरै आएकी हुँ उहिले । तर साढे तीन घण्टा बोल्दै गर्दा कति क्रेडिबल कुरा गरेँ, कति कन्सिटेन्सीका साथ कुरा गरेँ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । म त अझै आफ्नै खुट्टामा उभिएर बोल्न सक्छु, कुर्सी पनि चाहिँदैन ।’

LEAVE A REPLY