
साझट्युब :१५ जेठ, काठमाडौं ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुका अनुसार मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी कार्य केन्द्रित गरिएको बताएको हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन पत्ता लागेकाले खोजी कार्य त्यहि आसपासमा केन्द्रित गरिएको हो ।
ठाकुरले बताए अनुसार ‘पाइलटको मोबाइलमा घण्टी बजिरहेको छ । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको छ, त्यसैले हम्रो खोजी कार्य तेतैतिर केन्द्रित गरिरहेका छोँ ।
मौसम खराब भएको कारण खोजीका निम्ति हेलिकप्टर पठाउनलाइ कठिन भइरहेको छ । यता पोखरादेखि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव नभएकोले जोमसोमबाटै टिटी लेकतर्फ हेलिकोप्टर परिचालन गर्ने तयारी गरिरहेको ठाकुरले बताएका छन् ।