विद्युतीय सवारी साधनको भन्सार मुल्यमा सरकारद्वार हेरफेर

273

साझट्युब : १५ जेठ, काठमाडौं ।

विद्युतीय सवारी साधनको भन्सार मुल्यमा सरकारद्वार हेरफेर भएको छ । हालको नयाँ भन्सार दरलाई सरकारले प्रगतिशील भनेको छ ।

मध्यम वर्गलाई लछित गर्दै विद्युतीय सवारी साधन किन्न हतोत्साहित नहुने र महँगा विद्युतीय सवारीको आयातलाई समेत केही हदसम्म निरुत्साहित गर्ने नीति अनुरुप यस्तो नीति लिइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

 

१०० किलोवाटदेखि २०० किलोवाटसम्मका सवारी अरुभन्दा कम मूल्य पर्ने सरकारले अन्तशुल्क ४५ प्रतिशत कायम गरेको छ । भने १०० देखि २०० किलोवाटसम्मका सवारीमा सरकारले कुनै पनि भन्सार शुल्क लगाएको छैन ।

त्यस्तै निम्न मध्यम र मध्यम वर्गले तल्लो तहका गाडी चढ्ने भएकाले सरकारले अन्तःशुल्क नलगाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

आर्थिक विधेयक २०७९/८० बमोजिम १०० बाट २०० किलोवाटसम्मका विद्युतीय सवारि साधनको भन्सार दर ३० प्रतिशत काम गरेको छ । र अन्तःशुल्क दर ३० प्रतिशत कायम भएको छ ।

३०० किलोवाटभन्दा माथिका विद्युतीय सवारीलाई भन्सार शुल्क र अन्तशुल्क दर पनि ४५/४५ प्रतिशत कायम भएको छ ।

‘महँगा विद्युतीय सवारी चढ्नेहरुकालागि दिइएको सुविधा घटाउने र त्यहि तुलनामा सस्ता विद्युतीय सवारी चढ्नेहरुलाई विद्युतीय सवारीमा प्रोत्साहित हुने नीति अनुरुप यो व्यवस्था गरेका छोँ, अर्थ मन्त्रालयका स्रोतले बताएको छ ।

पछिल्लो समया विद्युतीय सवारीको आयात ह्वात्तै बढेको हो । साउनबाट वैशाखसम्म करिबन १५ सय वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएको बताएको छ ।

LEAVE A REPLY