पार्टीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्न नारायणकाजी श्रेष्ठको निर्देशन

180

साझट्युब :  १८ जेठ काठमाडौं ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन् । पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने बताए ।

श्रेष्ठले भने, स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानुनमा छ कि छैन थाहा छैन तर सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्छ , कानुनले २ महिना भनेको छ भने एक महिनामै सम्पति सार्वजनिक गरौं ।
हरेक ६ महिना वा एक वर्षमा सम्पति कति हुन्छ त्यो पनि सार्वजनिक गरौं , सम्पति सार्वजनिक गर्ने बेलामा अन्त पनि छ भन्ने सुन्न नपाइयोस् भन्दै उनले पारदर्शी बन्न निर्देशन दिए ।

सोभियत रुसमा क्रान्तिपछि व्यक्तिको नाममा कसैको सम्पति थिएन । नोकरशाहहरूले अर्कैको नाममा सम्पति राखे । त्यसैले व्यक्तिको नाममा दर्ता नहुनु मात्रै सम्पतिको मालिक नहुने भन्ने हुँदैन श्रेष्ठले भने, ‘त्यसैले जनप्रतिनिधि र उनका आफन्त कसैको नाममा सम्पति हुनुभएन । आफ्नो जति सम्पति छ त्यति यथार्थ रुपमा देखाउनुपर्यो ।’

LEAVE A REPLY