म त आदिवासी हुनुमा गर्व गर्थें, सब एकै हो सोच्थें । यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ : उपेन्द्र सुब्बा

153

साझट्युब : १९ जेठ काठमाडौं ।

लेखक, कवि तथा कलाकार उपेन्द्र सुब्बाले नायिका मिरुना मगरमाथि सोमबार भएको दुर्व्यवहारको घटनाबाट सिर्जित परिस्थिति प्रति दुःख व्यक्त गरेका छन् । दुर्व्यवहार भोगेकी मिरुनामाथि गाली बर्सिरहेकोमा उनले आपत्ति जनाएका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ” पहिचानको पक्षमा बीस वर्ष यता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर मलाई पत्तै भएन हाम्रो समाज यती संक्रिर्ण र साम्प्रदायिक भइ सकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइ सकेछौं । मेरो जाति, मेरो भाषा,मेरो मान्छे ..यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइ सकेछौं । होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनु हुन्छ, फुर्पाभाइको ठाउंमा अरु कोहि बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली वैज्वत गर्नु हुन्थ्यो होला ?

म त आदिवासी हुनुमा गर्व गर्थें। तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थें ।
यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी 🙏🙏🙏”

LEAVE A REPLY