अर्थमन्त्री जनार्दन शर्माले आधारहीन बजेट ल्याएको ज्ञवालीको टिप्पणी

151

साझट्युब : १९ जेठ काठमाडौं ।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बजेट ल्याउँदा अर्थमन्त्री जनार्दन शर्माले आधारहीन बजेट ल्याएको बताएका छन् ।
सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७९/०८० का लागि दुवै संसद्को संयुक्त बैठकमार्फत प्रस्तुत गरेको बजेटमाथिको संसद्‌मा जारी सैद्धान्तिक छलफलमा यस्तो बताएका हुन् ।

‘आर्थिक वृद्धिमा केन्द्रित हुँदै त्यो वृद्धिको लाभ जनतालाई कसरी न्यायोचित ढंगले वितरण गर्ने कुराको सुनिश्चितता गर्ने फ्रेमवर्क निर्माण गर्नुपर्थ्यो ।’

‘बजेट आइरहँदा अर्थमन्त्री शर्माले केही कुरालाई आधार बनाउनुपर्थ्यो । उहाँ समाजवादमा विश्वास गर्नुहुन्छ । आजको हाम्रो उत्पादक शक्तिको मुख्य बाधक के हो ? के कारणले उत्पादक शक्ति प्रस्फुटित हुन पाइरहेको छैन ?,’ उनले भने, ‘यो बाधकलाई कसरी अनुकुल बनाउन सकिन्छ पहिलो फोकस त्यो हुनुपर्थ्यो ।’

त्यस्तै, उनले सरकार आर्थिक नीतिमा सुधार ल्याउने विषयमा चुकेको बताए । बजेटले स्वदेशी र विदेशी लगानीकर्तालाई विश्वास दिलाउन पनि उनले बताए ।

LEAVE A REPLY