स्वतन्त्र उम्मेदवारीबाट निर्बाचित भएका गाउँपालिका अध्यक्ष केसीले प्रचण्ड संगको भेटमा भने : माओवादीमै छु

168

साझट्युब :  १९ जेठ, काठमाडौं ।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारमा निर्वाचित भएका मोहनबहादुर केसीले आफू माओवादी केन्द्रमै भएको जनकारिदिएका छन् ।

माओवादी केन्द्रबाट स्थानीय तह निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएर चुनाव लडेका उनी अध्यक्षमा निर्बाचित भएका हुन् ।
केसीले माओवादीका आधिकारिक उम्मेदवार डम्बर बहादुर शाहीलाई ४८५ मत अन्तरले पराजय गरेका थिए ।

 

उनि आज बिहान माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेका थिए । प्रचण्डसंगको भेटमा उनले भने आफू माओवादी केन्द्रमै भएको बताएको सचिवालयले जनाएको छ । उनलाई माओवादी अध्यक्ष प्रचण्डले खादा लगाइदिदै बधाई पनि दिएका थिए ।

केसी बिशेष माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष तथा मेयर र उमपेयरमा निर्बाचित भएकाहरुका निम्ति काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीता समेत भएका छन् ।

 

LEAVE A REPLY