आईजीपी सिंहको प्राथमिकतामा निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान रहेको

181

साझट्युब :  १९ जेठ, काठमाडौं ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक(आईजीपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जानकारी गराएका छन् ।

आईजीपी सिंहले आफ्नो कार्यकालको प्राथमिकतामा निर्मला हत्या प्रकरण रहेको बताएका हुन् । उनले भने, ‘अनुसन्धानमा प्रश्न उठ्ने गरेका छन् । मेरो कार्यकालमा प्राथमिकतामा छ ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा पनि दोषी पत्ता लागेका छैनन् । २०७५ साउन १० गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी निर्मला भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

घटनाको २६ औं दिन भदौ ४ गते प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त–१९ बाग्फाँटाका दिलीपसिंह विष्ट नै दोषी भएको भन्दै छानबिनका लागि दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।

प्रहरीले विष्टमाथि पुनः छानबिन नगरेको उनको गुनासो छ ।

२०७५ भदौ ८ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको मृत्यु भएको थियो । प्रहरीले भने अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको जनाएको छ ।

LEAVE A REPLY