साझट्युब : २२ जेठ , काठमाडौं ।
विदेशमा अध्ययन गरेका कोभिड-१९ को कारणले नेपालमा इन्टर्नसिप गरेका मेडिकलका विद्यार्थीले विशेष परीक्षा दिन पाउने भएका छन् ।
मेडिकल काउन्सिलले लिने परीक्षामा विदेशमा अध्ययन गरेका परीक्षार्थीले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तोकेको अवधि (इन्टर्नसिप समेत) पूरा गरेको र अध्ययन गरेको विश्वविद्यालयको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।
स्नातकोत्तर तहको विशेष परीक्षा साउन ६,७, मङ्सिर ९,१०, चैत १७ र १८ गते परीक्षा हुने काउन्सिलले जनाएको छ ।
त्यस्तै, स्नातक तहको प्रमाणपत्र ( लाइसेन्स परीक्षा)( क )असोज ६,७ र ८ गते हुने भएको छ । (ख) माघ १२,१३ र १४ गते परीक्षा हुने भएको हो ।
साउन ६ र ७ गते हुने विशेष परीक्षाका लागि जेठ २२ गतेदेखि असार २० गतेसम्म नियमित र असार २१ र २२ गते विलम्ब शुल्कसहित अनलाइन फारम भर्न आयोगले अनुरोध गरेको छ ।
आयोगका अनुसार अनलाइनबाहेकको माध्यमबाट बुझाएका आवेदन फारम र शुल्क मान्यता हुने छैन ।