गठबन्धन भत्काएर मुलुकलाई बबार्दीतर्फ लान नहुने :गंगालाल तुलाधार

146

साझट्युब : २२ जेठ , काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने विषयमा छलफल भएको छ ।

आइतबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकमा सरकारमा पार्टीबाट मन्त्रीहरूको हेरफेरका बारेमा छलफल भएको हो ।
यसको अधिकार पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको पार्टी उपमहासचिव गंगालाल तुलाधारले जनाए । पार्टीबाट मन्त्री भएकाहरू र शिर्ष नेताहरूबीच छलफल हुने र आवश्यक निष्कर्षमा पुगिने उनको भनाइ छ ।

उनले वाम एकता राम्रै कुरा भएको भए पनि इमान्दारी नभए राम्रो नहुने पुष्टि भइसकेको जिकिर गरे। तुलाधरले गठबन्धन भत्काएर मुलुकलाई बबार्दीतर्फ लान नहुने धारणा राखे । सचिवालय बैठकले पार्टीका सबै कमिटीहरूलाई प्राकृतिक बिपतको पूर्वतयारीका लागि परिचालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

LEAVE A REPLY