रोहिणी पुलमा भएको बस दुर्घटनामा ९ जना मृत्युको , सबैको सनाखत

166

साझट्युब : २३ जेठ ,बुटवल।

आइतबार बिहान रुपन्देहीको रोहिणी पुलमा भएको बस दुर्घटनामा  ९ जनाको मृत्यु भएको छ ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको मृत्यु भएको थियो । मृत्यु हुने सबैको सनाखत भएको छ ।

दुर्घटनामा मृत्‍यु हुनेहरुमा रुपन्देहीकै बुटवल उपमहानगरपालिका-११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्‍याल, भारत जनकपुरग्रामका ४० वर्षीय अरबिन्द शर्मा , अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका-८ कि ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा-२ योगीकुटीका ६५ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास रहेका छन् र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा- ५का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ ।

LEAVE A REPLY