बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने

176

साझट्युब : २३ जेठ , काठमाडौं ।

नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद नहटाउनु पर्ने कुरा जनाए ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दा बढ्ने र वास्तविक पीडितले न्याय नपाई मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानूनी व्यवस्था हटाउन नमिल्ने जनाएका हुन् ।

उनले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरुले उजुरी दिन नसक्ने भएकाले हदम्याद हटाउन मिल्ने भएपनि सामान्य मानिसको हकमा भने त्यसो गर्न नहुने बताए ।

सांसद विश्वकर्माले यौन हिंसा गम्भिर अपराध भएकाले पीडकलाई कडा भन्दा कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिन पनि सरकारसँग माग गरे ।

LEAVE A REPLY