२४ जेठ, काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने भएका छन् । त्यसका निम्ति उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका छन् ।
ज्ञापन पत्र बुझाउन लोसपा अध्यक्ष महन्थ ठाकुर, लगायतका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका हुन् ।
नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिन , लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका माग राख्दै ज्ञापन पत्र बुझाउन लागिएको लोसपाका एक नेताले जानकारी दिए ।