चार दिन अघिदेखि हराइरहेकी सात वर्षीया बालिका मकैबारीमा मृत अवस्था

233

साझट्युब : २४ जेठ, सुर्खेत  ।

सुर्खेतमा चार दिन अघिदेखि हराइरहेकी सात वर्षीया बालिकाको शव आज मकैबारीमा भेटिएको छ । गुर्भाकोट नगरपालिका-५ की गृष्मा विकको शव घर नजिकैको मकैबारीमा भेटिएको हो ।

मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । बालिकाको शव मकैबारीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

२१ गते शुक्रबार हजुरआमासँग धारापानी गएकी उनी घर फर्किने क्रममा बाटोबाटै हराएकी थिइन् ।

बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले जनाए ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहितको सुरक्षा निकायको टिम पनि घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भयरहेको प्रहरीको भनाइ छ ।

गुर्भाकोट नगरपालिका-५ का वडाध्यक्ष लालबहादुर पुनले जनाए अनुसार गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन् । उनका बुवा मजदुरीका लागि भारत गएका छन् । आमाको भने पहिले नै मैत्यु भइसकेको छ ।

LEAVE A REPLY