असार भित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे ट्राफिकले चिट काट्ने चेतावनीपछि इम्बोस्ड नम्बर जडान गर्नेको भिड

164

साझट्युब : २४ जेठ, काठमाडौं ।

यातायात व्यवस्था विभागले असारमसान्त भित्र सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गर्यो । यदि असार भित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे ट्राफिकले चिट काट्ने भन्दै अनिवार्य जडान गर्न भन्यो ।

गत चैतबाटै अनिवार्य गर्ने भनिएपनि विभागले एक महिना भित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । विभागले सबै सरकारी सवारीसाधन तथा ट्याक्सीहरुमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेको छ ।

यातायात विभागले सार्वजनिक सूचना निकालेसँगै सवारीधनीहरुलाई चासोको बिषय बनेको छ ।

सरकारले कारबाहीको चेतावनी दिएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड लागेको छ।

मंगलबार बिहानदेखि गुर्जुधारामा इम्बोस्ड नम्बर दर्ता र जडान गर्नेहरुको लामो लाइन देखिएको छ।

LEAVE A REPLY