साझट्युब : २५ जेठ, काठमाडौं ।
सिसडोल क्षेत्रका वासिन्दाले काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । त्यसपछि स्थानीय आक्रोशित भएका थिए ।
गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन । सर्वसाधारणको घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढ्नुका साथै महामारीको जोखिम पनि बढेको छ ।