बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारबिहीन

201

साझट्युब : २५ जेठ, बैतडी । 

मंगलबार दिउँसो २ बजेदेखि बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारबिहीन भएका छन् ।

अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जनाए । सुदूरपहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारबिहीन भएको उनले जनाए । अवरुद्ध रहेको टेलिकमको सेवा अझै सुचारु हुन सकेको छैन्।

मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा प्रशासनको सेवा , राष्ट्रिय परिचय विवरण संकलन, नागरिकता विवरणलगायतका काम प्रभावित बनेको छ ।

सञ्चारसेवा अवरुद्ध भएपछि अन्य सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ ।

प्रमुख टमटाले जनाए अनुसार अवरुद्ध सञ्चार सेवा सुचारूका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको छ । अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको उनले जनाए ।

LEAVE A REPLY