बन्चरेडाँडाबाट फोहोरका गाडी काठमाडौं नै फर्के

184

साझट्युब : २६ जेठ, काठमाडौं ।

काठमाडौंको फोहोर आज बिहीबार विहान बञ्चरेडाँडा ल्याण्डफिल साइट लगिएको छैन। सो क्षेत्रमा सुरक्षाको प्रत्याभूति नभएको हुँदा फोहोरका गाडी पठाउने वा नपठाउनेबारे अन्योल भएको हो।
स्थानिय र प्रहरीबिचमा झडप भएपछि बुधबार गएका गाडी फोहोरलाई नझारी काठमाडौैं नै फर्केका थिए ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर मात्रै बन्चरे डाँडा पठाउने छलफल भइरहेको पनि बताएका छन् । त्यासैगरी सुरक्षा व्यवस्थालाई मजबुत बनाएर फोहोरलाई पठाउन छलफल भइरहेको कुरा उनले बताए ।

हिजो भएको झडपमा चारजना सुरक्षाकर्मि साथै केही स्थानीयवासी समेत उक्त ठाउमा घाइते भएका थिए ।

झडपले उग्ररुप लिएपछि प्रहरीद्वारा सुरक्षा नसकेका कारण सवारीलाई काठमाडौं नै फर्काइएको श्रेष्ठले बताए । फोहोर फाल्न नदिएपछि काठमाडौंको फोहोर उठ्न रोकिएको छ ।

फोहोर ब्याबस्थापनबारे शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारदेखि काठमाडौंमा रहेको फोहोर ब्याबस्थापन गर्ने सहमति भएको थियो । तर त्याहाका स्थानीयवासीले फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भनेर सो क्षेत्रमा अवरोध गरेका थिए ।

उक्त विसयमा धुनिबेसी नगरपालिकाको १, ३ र ४ साथै ककनीको १,२ र ३ नम्बर वडाका स्थायीनिय बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने साथै यस क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने र १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने काठमाडौं महानगरपालिकाले प्रतिवद्धता गरेको थियो ।

महानगरपालिकाद्वारा असार मसान्तपछि स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने प्रतिवद्धता पनि गरेको थियो । त्यो समयसम्म महानगरमा हाल थुपि्रएका फोहोर लगेर फालेपछि माटोले उचित तरिकाले पुर्ने प्रतिवद्धता समेत महानगरपालिको बताएको थियो ।
साथै महानगरद्वारा साउन १ बाट फोहोर श्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि गरिएको छ । त्यस्तै वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्न समेत महानगरपालिकाले सहमति गरेको थियो ।

तथापि उक्त सहमतिलाई स्थानीय वासिन्दाद्वारा स्वीकारिएको छैन । बन्चरे स्थानीयवासीले भने केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेकाले अवरोध गरिएको हो। यो सहमति हुँदा स्थानिय वासिन्दा र संघर्ष समितिलाई समेत सहभागी गराइएको थिएन ।

स्थानीय संघर्ष समितिलाई वेवास्था गरिएको हुँदा अवरोधमा उत्रिएको समितिका सदस्य श्रीहरि ढकालले जानकारी दिए । बिहीबार पनि आफूहरुको अवरोध निरन्तर रहने कुरा उनले बताए ।

LEAVE A REPLY