भारतमा लामो समयपछि कोरोना संक्रमण तिब्र रूपमा फैलन सुरुभएको छ

139

साझट्युब : २७ जेठ,  काठमाडौं ।

भारतमा फेरि पनि कोरोना संक्रमण तिब्र रूपमा फैलन सुरुभएको छ। पछिल्लो रिपोर्ट अनुसार २४ घन्टा भित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

संक्रमित मध्यमा भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका हुन् । त्यस्तै महाराष्ट्रमा २८१३ संक्रमित फेला परेका हम भने केरलामा २४१५ जना नयाँ संक्रमितहरु फेला परेका छन्।

यसैगरी राजधानी नयाँ दिल्लीमा ६२२ जना नयाँ संक्रमित पत्ता लागेका हुन् ।

गएको शनिबार राजधानी नयाँ दिल्लीमा ४ सय ५ नयाँ संक्रमित फेला परेका थिए।

धेरै लामो समयपछि भारतमा फेरि पनि कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका हुन्।

जनवरीबाट सुरू भएको कोरोनाको तेस्रो लहरहाल दैनिक संक्रमण ७ हजार नाघ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार ९९ दिनमा आइपुग्दा पहिलो पटक बुधबार ७ हजारमाथि संक्रमित भेटिएका हुन्।

भारतमा बुधबार ७१४४ जना संक्रमित भेटिएको थियो । यो क्रम मंगलबार ६ हजार २८ संक्रमित पुग्दा सोमबार भने ३ हजार ७९६ जनामा संक्रमण भएको पाइएको थियो।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुस्टि भएको छ। त्यस्तै ३६९३ जना निको भैसकेका छन्।

सरकारी तथ्यांकअनुसार अहिलेसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ७३ पुगेको छ।

LEAVE A REPLY