जिसस खोटाङको प्रमुखमा गठबन्धनदेखि सनबहादुर राई र एमालेदेखि किशोरकुमार श्रेष्ठ मनोनयन

155

साझट्युब : २९ जेठ, खोटाङ ।

खोटाङको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धन देखि जसपाका सनबहादुर राई र एमालेदेखि किशोरकुमार श्रेष्ठको मनोनयन दर्ता गरेको छ । ३० जेठमा हुने जिल्ला समन्वय समितिको निर्वाचनका निम्ति शनिबार प्रमुखमा राई र श्रेष्ठको उम्मेदवारी दर्ता गरेको छ ।

 

त्यस्तै जिल्ला समन्वय समितिको उपप्रमुखका निम्ति गठबन्धनदेखि माओवादी केन्द्रका सुरेस तामाङ साथै एमालेदेखि सन्तोष राईको मनोनयन दर्ता गरेको छ ।यस्तै चुनावी भागवण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमती गरेको थियो ।

त्यसैगरी खुला सदस्यमा गठबन्धनदेखि कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमायाँ राई लगायत नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्माको उम्मेदवारी दर्ता गरेको छ । एमालेले जिसस सदस्यमा भने मनोनयन दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

 

 

 

 

 

 

LEAVE A REPLY