नेपालले जित्न सक्ने अवस्थामा हुँदा हुँदै पनि खेल हार्नुपरेको : कप्तान सन्दीप लामिछाने

229

२ असार, काठमाडौं ।

कप्तान सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टु खेल्नलाइ अमेरिका उड्नु अगाबै त्यहाँ हुने सबै चार खेल जित्ने दाबी गरेको थियो । अमेरिका र ओमान सम्मिलित शृंखलामा सबै ४ खेल जित्ने दाबी गर्नुत्यति अस्वभाविक पनि होइन । कारण दुवै प्रतिद्वन्द्वी नेपालकै स्तरको थियो ।

पछिल्लो समय नेपालको ब्याटिङ एकनासको भएन । त्यसैले सन्दीपले टिमलाई आत्मविश्वासी बनाउनका निम्ति पनि जितको दाबी गरेको थियो । तर नतिजा उनले दाबी गरेजस्तो भएन । शृंखलामा चार खेल खेलेको नेपालले एक खेलमा बिजयी भयो भने , एक खेल टाई (बराबरी) भयो भने दुई खेलमा पराजित भयो ।

 

नेपालले बिगतका लिग टु को तीन शृंखलामा ५० प्रतिशत जित (२ खेलमा) निकाल्यो र ४-४ अंक थपेको थियो । तर अमेरिकामा नेपालले संभावित ८ अंकमा ३ अंक मात्र थप्यो ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको प्रारम्भिक आधार भएको लिग टुमा नेपालले चार शृंखला खेल्दा १६ खेलदेखि १५ अंक मात्र जोडेको छ त्यसैले पाँचौ स्थानमा रहेको छ । अमेरिका भ्रमणपछि नेपालले अंकतालिकामा एक स्थान सुधार गर्न सफल भयो ।

 

सबै ४ खेल सकिएपछि कप्तान सन्दीपले नेपालले जित्न सक्ने अवस्थामा हुँदा हुँदै पनि खेल हार्नुपरेको अभिव्यक्ति दिए ।

अस्थिर प्रदर्शन

नेपालले अमेरिकामा चार खेल खेल्यो । अमेरिका र ओमान दुवै नेपालको निम्ति लिग परिचित प्रतिद्वन्दी नै रहेका हुन् । यसअघि नै लिग टु मा यी तीन टिम सम्मिलित दुई शृंखला भइसकेका हुन् । नेपालले पछिल्लो समय ओमानसँग टी-२० मा पनि खेल्दै आइरहेको हो ।

अमेरिका जानु भन्दा अघि लिग टुमा नेपालको प्रदर्शन यी दुई टिमसँग मिश्रित थियो । ओमानसँग ४ खेलमा १ जित र ३ हार साथै अमेरिकासँग ३ जित र १ हार भएको थियो ।

LEAVE A REPLY