संघीयतालाई कमजोर बनाएर उल्ट्याउने कोशिस : प्रचण्ड

153

साझाट्युव : ५ असार, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयतालाई कमजोर बनाएर उल्ट्याउने कोशिस हाल पनि जारी भएको टिप्पणी राखेका छन् । आज काठमाडौंमा आयोजित भएको पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले संघीय गणतान्त्रिक नेपाललाई नरुचाउने वर्ग तत्वहरू यसलाई उल्ट्याउनलाइ हर कोशिस र बल गरिरहेको बताए छन् ।

प्रचण्डले आफ्नो पार्टीले लडेर ल्याएको लोकतन्त्रको रक्षा साथै यसका उपलब्धिलाई संस्थागत गर्नका लागि सबै कर्मचारी र पूर्वमाओवादीहरू एक हुनुपर्ने पनि बताए छन् । उनले पूर्वमाओवादीहरू एक ठाउँमा रहने वातावरण समेत बनेको दाबी गरे ।

‘उनले भने संघीय लोकतान्त्रिक गणतन्त्र भनौं संघीयतालाई कमजोर बनाएर उल्ट्याउने कोशिस अहिले पनि जारी रहेको छ । हिजो नेकपा माओवादीको नेत्रुत्वोमा कर्मचारी, राजनीतिक दल, नागरिक समाज, आमजनता सबैजना मिलेर लडेर ल्याएको संघीयतालाई नरुचाउने वर्ण तत्वहरू हाल पनि यसलाई उल्ट्याउन सकिन्छ कि भनेर हर प्रयास बल गरि रहेका छन् ।

त्यस्तै प्रचण्डले भने अब विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ । यसको असर विभिन्न जनसंगठनमा परेको छ, र पर्नुलाइ स्वभाविक पनि हो ।’

कर्मचारीहरू समेत यतिबेला माओवादीसँग एकीकृत हुन चाहिरहेको उनले बताए छन् । त्यस्तै पार्टी र संगठनबीच असल ढंगले समन्वय गर्न र कर्मचारीभित्र संगठनलाई अझ थप सुदृढ र बिस्तारित गर्दै लैजान सम्पूर्ण कर्मचारीसँग आग्रह समेत गरे ।

उनले अगाडी भने देशको रुपान्तरण गर्नलाई कर्मचारीको पनि उल्लेख्य भूमिका भएको भन्दै कर्मचारीहरू पनि राजनीतिक रुपमा संगठित हुने अधिकार भएको बताए ।

LEAVE A REPLY