सेयर बजार ओरालो लागेको -लागेकै , बजार परिसूचक १९३४ मा पुग्यो

169

साझाट्युव : ५ असार, काठमाडौं । 

लगातार ओरालो लागेको सेयर बजार यो साताको सुरुवातको दिनमा ओरालो लाग्नेक्रम कायम रह्यो । आज पहिलो कारोबारको दिन ३७ दशमलव २७ अंकले घटेको छ । भने गत हप्ताभरी ७७ अंक घटेर १९७१ दशमलव ३९ अंकमा ओरालो लागेको बजार फेरि आज पनि थप ३७ अंक घटेर १९३४ दशमलव ११ अंकमा पुगेको छ ।

त्यस्तै आइतबार सेयर बजार परिसूचक ३७ दशमलव २७ यानिकि १ दशमलव ८९ प्रतिशतले ओरालो लागेको छ । भने ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ७ दशमलव २९ अंक यानिकी १ दशमलव ९१ प्रतिशतले झरेर ३७३ दशमलव ८५ अंकमा घटेको छ ।

यसैगरी ३७ अंकले बजार ओरालो लाग्दा आज ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता सेयर किनबेच गरेको छ । आज २३३ कम्पनीको कारोबारमा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २ सय १२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री गरिएको छ । जस्मा २७ हजार ६ पटकको कारोबारमा भएको थियो।

उप- समूह तर्फ भएको आजको कारोबारमा सबै उपसमूहको सेयर मूल्य घटेको हो ।

LEAVE A REPLY