साझाट्युव : ६ असार, काठमाडौं ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा रहेको जानकारी दिएका हुन् ।
आज प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भाग लिएर मन्त्री बडूले बोल्दै अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेरआएकोले नेपालमा समेत बढाउनुपर्ने बाध्यता भएको भनि स्पष्टीकरण दिएका हुन् ।
पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले विदेशदेखि महँगो दरमा खरिद गर्नुपर्ने भएकाले सस्तोमा बेच्नसक्ने स्थितिमा सरकार नभएको बताए । बाहिरको बजारमा जुन छ त्यहि दरले किनेर ल्याउने हो । हामीले किनेर ल्याएका रेटमा बेच्न सक्दैनौं । फेरि पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा भइरहेको अवस्था छ ’ मन्त्री बडुले भने, ‘ हाल प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा भईरहेको छ । पेट्रोलियम पदार्थ खरिद गरे बापत भारतलाई २२ अर्ब रुपैया तिर्नुपर्ने हुन्छ । यो महिनाभित्र तिर्नुपर्छ । सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको छ ।’
त्यस्तै मन्त्री बडूले इन्धनमा लिईरहेको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास करलाइ घटाएर मूल्य कम गरेको दावी समेत गरे । उनले कर घटाएर सस्तोमा पेट्रोलियम पदार्थ उपलब्द गर्ने प्रयास भएता पनि तत्काल प्रतिलिटर १० रुपैयाँ भन्दा कर घटाउन सक्ने अवस्था नभएको पनि जिकिर गरेका छन् ।
यसैगरी मन्त्री बडूले पेट्रोल तथा डिजेलमा मूल्य बढाएता पनि ७५१ रुपैयाँ घाटा खाएरे पनि एलपी ग्यासको मूल्य बढाएको छैनौ भनेर जानकारी दिएका छन् ।