मतदाता नामावली दर्ता गर्न बिहान ६ बजेबाट नै भिड

156

साझाट्युव : ७ असार, मकवानपुर । 

गत २५ माघदेखि स्थगित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य असार १ बाट पुन सुरू भएपछी दर्ता गर्नेहरूको भिड बढेको हो ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ को मिति घोषणा गरेपछि दर्ता प्रक्रियालाइ स्थगित भएको थियो । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई दृष्टिगत गरेर १ असारदेखि दर्ता तथा अद्यावधिक कार्य सुरू भएको छ ।

आउने चुनावलाइ लक्ष्यित मतदाताहरू दर्ताको निम्ति भिड लागेका छन् । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार सेवाग्राहीको चाप धेरै भएपछि टोकन प्रणालीदेखि दर्ता कार्यलाई व्यवस्थित गर्दै आइरहेको छ ।

 

बिहान ६ बजेदेखि दर्ताको निम्ति लाइन बस्‍न सुरुगरेपछी कार्यालयले ९ बजे टोकन बाँड्‌ने साथै टोकन नपाउनेहरुलाइ समयमै घर फर्केर अर्को दिन आउनलाइ अनुरोध गर्ने गरेको छ । ‘बिहानै टोकन बाँडेपछि घर फर्किउन भनेर यसो गरेका हौँ’ प्रदेश निर्वाचन कार्यालय बागमतीका कार्यालय प्रमुख लुम्बनाथ पोखरेलले बताए । दिनभर घाम/पानीमा आफ्नो पालो कुरेर लाइन बस्‍न नपरोस् भनेर यस्तो गरेको उनले जानकारी दिए ।

प्रतेक दिन कार्यालयले १५० वटा टोकन दिने गरेको उनले भने । गत सोमबार साँझसम्म ७९८ जनाले फोटोसहितको मतदाता नामावलीको निम्ति आफ्नो विवरणसहित फोटो खिचाएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका कम्प्युटर अपरेटर दिपेन्द्रराज बरालले जानकारी दिए । ‘ भिड एकदम धेरै बढेको छ,त्यसैले कुनै दिन २ सयसम्मको विवरण लिने गर्दाछौ ‘ बरालले बताए । बिहान ९ देखि साँझ ७ बजेसम्म आफूहरू कार्यालय बसेर विवरण संकलन गरेको उनले जानकारी दिए ।

कार्यलयले नयाँ दर्तासँगै अद्यावधिक गर्ने काम समेत निरन्तरता रहेको छ । यसै अन्तरगत दोहोरो नामावली भएका , मतदाता नामावलीमा त्रुटि रहेका , बसाइँसराइको कारण स्थान परिवर्तन गर्नुपर्नेहरूले अद्यावधिक गर्न मिल्नेछ । कार्यालयको सूचना शाखा प्रमुख सम्झना ढकालका भने १ असार बाट हिजो सोमबार साँझसम्म १३८ जनाको विवरण अद्यावधिक भएको छ ।

 

निर्वाचन कार्यालयका अनुसार गत २०७८ माघ २५ बाट अहिलेसम्म नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ अनुसार योग्यता पुगेर नाम दर्ता गर्न छुटेकाको फोटोसहित विवरण संकलन गर्न सकिने छ । यो कार्य आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति सार्वजनिक नहुन्जेल सम्म निरन्तर चलिरहन्ने छ ।

LEAVE A REPLY