मूल्य वृद्धिभएसंगै विरोधमा नेकपा एमालेका कार्यकर्ताले मन्त्रालयका गाडि २५ वटा सरकारी मोटरसाइक नियन्त्रणमा

164

साझाट्युव: ८  असार, धनगढी । 

मूल्य वृद्धिभएसंगै विरोधमा नेकपा एमालेका कार्यकर्ताद्वारा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका हुन् ।

नेकपा एमाले, अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालको समनायामा आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका छन् ।

 

सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई युवाहरूद्वारा आन्दोलनका कार्यक्रम अन्तरगत ठाउँ–ठाउँमा रोकेर चावी खोसेका छन् ।

धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइक समेत नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर कमिटि संयोजक अविशेक नाथले जानकारी दिएका छन् ।

LEAVE A REPLY