मन्त्री हेरफेरको तयारी गर्दै सत्ता गठबन्धनको बैठक बस्दै

169

साझाट्युव: ८ असार   काठमाडौं ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक आज दिउँसो तीन बजे  बस्ने भएको छ । नेपाली काँग्रेसका एक नेताका भनाई अनुसार बैठकमा मन्त्री हेरफेर गर्ने विषयमा छलफल हुन लागेको हो । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी रहने भएका छन् । राष्ट्रिय जनमोर्चालाई भने बैठकमा बैठकमा बोलाइएको छैन ।

 

बजेट पारित भईसकेपछि सत्ता गठबन्धनले मन्त्री हेरफेरको तयारीमा जुटेको छ । त्यस्तै एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका थिए । भने उनले नयाँ मन्त्रीका नेताहरुको नाम पनि टुंगोलागैसकेका छन् ।

त्यसैले काँग्रेस लगायत माओवादी र जसपालाइ पनि मन्त्री हेरफेरको दवाव बढेपछि शीर्ष नेताबीच आज छलफल हुन लागेको बताएको छ ।

LEAVE A REPLY