एकीकृत समाजबादिका मन्त्रीहरु भोलि हेरफेर हुने : राजेन्द्र पाण्डे

172

साझाट्युव : १०, असार काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरु भोलिसम्ममा फिर्ता हुने भएका छन् । पार्टीका मन्त्रीहरुले फिर्ता हुन आनाकानी गरिरहेका बेला सो पार्टीका नेता राजेन्द्र पाण्डेले भोलि बेलुकासम्म सरकारमा रहेका मन्त्रीहरु फिर्ता हुने दाबि गरेका छन् । साथै उनले नयाँ टिम सरकारमा जाने बताएका छन् ।

नेता राजेन्द्र पाण्डेले पार्टी भन्दा मन्त्रीहरु पावरफूल नभएको बताए । उनले भने, ‘पुराना साथीहरु जान्छन्, नया शाथिहरु आउछन ।’ पार्टीको पोलिटब्युरो बैठकपछि मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रक्रियामा केहि कमजोरी भएको भने उनले स्वीकारे । सरकारले बजेटमा छलफल गरिरहेको बेला पार्टीले थोरै अपरिपक्व निर्णय गरेर कमजोरी गरेको उनको भनाइ छ -। मन्त्रीहरुले बजेटमा जवाफ दिइरहेकाले त्यसबेलाको समय मन्त्रि फिर्ता बोलाउन असान्दर्भिक भए पनि अब मन्त्री फेर्दा केही फरक नपर्ने उनले बताए ।

पाण्डेले अहिलेका मन्त्रीहरुलाई छ महिनाका निम्ति सरकारमा पठाएकाले अझै बसिरहन्छु भन्नुको अर्थ नभएको उनको भनाइ छ । त्यो समयमा नै तपाइहरुलाइ परिवर्तन गरेर अर्को टीम पठाउँछौ भनेका थियौ । पार्टीमा राजकीय विभागको प्रमुख म हुँ । माधव नेपालसँगको छलफलमा मेरो पनि उपस्थिति भएकाले यसबारे मलाई राम्ररि जानकारी छ’, पाण्डेले भने, ‘मन्त्री पद भनेको चार्मफुल पद नै हो । भोलि बेलुका सबै कुरा थाहा हुन्छ । नयाँ मन्त्रीहरु आउछन । यी साथीहरु भोलि जान्छन् । मैले बोलेपछि हुन्छ ।

LEAVE A REPLY