साझाट्युव : १२ असार, काठमाडौं ।
बंगलादेशले लामो समयको अन्तरालपछि पद्मा ब्रिज (पुल) आफ्नै लगानीमा निर्माण सम्पन्न गरिसकेको छ । तल रेल अनि माथि गाडी गुड्ने गरी बनाइएको यो पुलको शनिबार प्रधानमन्त्री शेख हसिनाले उदघाटन गरेकी थीइन ।
यो पुल बंगलादेशकै सबैभन्दा लामो पुल रहेको छ । ६.१५ किलोमिटर लामो यो पुल चार लेनको बनाएको छ । गाडी चार लेनमा गुड्ने भएता पनि रेल चाही सिंगल ट्रयाकको मात्र हो । यो पुलले दक्षिण पश्चिमका २१ जिल्लालाई राजधानी ढाकासँग जोडेको छ । पुलको लागत ३.६ बिलियन डलरमा निर्माण भएको हो ।