साझाट्युव : १२ असार, काठमाडौं ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्री आइतबार सरकारबाट बिदा हुने भएकी छिन् । मन्त्रि झाक्रीले आइतबार सहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गरेकी छिन् । पत्रकार सम्मेलन मार्फत मन्त्री झाँक्रीले सरकार छाडेको जानकारी गराउन लागेकी हुन् ।
त्यस्तै मन्त्री झाँक्री निकट स्रोतका अनुसार उनले कर्मचारीहरुसँग पनि आइतबार नै विदाइ कार्यक्रम राखेकी छिन् । उनको पार्टी नेकपा एकीकृत समाजवादीले जेठ २२ गते नै आफ्ना मन्त्रीहरु फिर्ता बोलाइ नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर ति मन्त्रीहरुले संसदमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएर मात्र सरकार छाड्ने भन्दै ढिलाई गरेका थिए । आइतबार राष्ट्रियसभामा उठेका प्रश्नहरुको सांसदहरुलाइ जवाफ दिएपछि मन्त्री झाँक्रीले सरकार छाड्न लागेकी हुन् ।
त्यसैगरी निकै बिबादमा तानिएका एकीकृत समाजवादीबाट मन्त्री भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि आइतबार नै सरकार छाड्ने भएका छन् । उनले अध्यक्ष माधवकुमार नेपाललाई आइतबार नै राजीनामा पत्र दिएका थिए ।